२ हप्ताको तथ्यांक हेर्दा युरोपेली देशमा संक्रमित हुनेको संख्या दोब्बर

भक्तपुर न्यूज

२ असोज २०७७ २:५३

२ हप्ताको तथ्यांक हेर्दा युरोपेली देशमा संक्रमित हुनेको संख्या दोब्बर

काठमाडौं। युरोपेली देशमा कोरोना भाइरसको जोखिम थप बढ्न थालेको छ । २ हप्ताको तथ्यांक हेर्दा युरोपेली देशमा संक्रमित हुनेको संख्या दोब्बर भएको छ । अझै जोखिम बढ्न सक्ने अनुमान गर्दै सचेत रहन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सचेत गराएको छ ।

संगठनका क्षेत्रीय निर्देशक ह्यांस् लुगेले गएको दुई हप्तामा युरोपेली देशमा कोरोनो भाइरसको संक्रमण दोब्बरले बढेको बताए । उनले युरोपेली देशका लागि कठिन घडी आएको बताएको बीबीसीले उल्लेख गरेको छ । दुई हप्तामा युरोपमा कारोना भाइरसका ३ लाख नयाँ सङ्क्रमित भेटिएको उनले बताए ।

यस्तै, विश्वमा कोरोना सङ्क्रमितको संख्या ३ करोड ३ लाख ४० हजार नाघेको छ । यसमध्ये दुई करोड २० लाख ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने ९ लाख ५० हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रकाशित मितिः २०७७ असोज ०२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय