मुख र जिभ्रोमा खटिरा आएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुस् !

भक्तपुर न्यूज

३१ भदौ २०७७ १०:४३

मुख र जिभ्रोमा खटिरा आएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुस् !

काठमाडौं । कब्जियतका कारण, दाँतले जिभ्रो टोकिँदा वा अन्य कुनै पनि कारणले गर्दा मुख र जिभ्रोमा खटिरा आउन सक्छ । मुखमा खटिरा आउँदा खान पिउन र निल्न असाध्यै गाह्रो हुन्छ । यो समस्याले ग्रस्त हुनुहुन्छ भने पनि नआत्तिनुस् । यसको घरेलु उपचार सम्भव छ ।

लिकोरिस वा मुलेठी

मुलेठीको काँढा बनाएर चिस्याउनुस् अनि कपडा वा चियादानीले छान्नुस् । अनि यसको पानीले दिनमा तीनचारचोटि कुल्ला गर्नुस् । मुख र जिभ्रोका खटिरा हराउँछन् ।

घिउकुमारी

घिउकुमारीको रस खटिरामा लगाउँदा पीडाबाट छिटो मुक्ति पाइन्छ अनि खटिरा पनि छिट्टै निको हुन्छ ।

नरिवल पानी
नरिवलको पानीले पनि खटिरा ठीक पार्छ ।

हरियो धनियाँको रस
धनियालाई पानीमा उमाल्नुस् । अनि त्यसको पानी छानेर चिस्याउनुस् र कुल्ला गर्नुस् । खटिरा गायब भइहाल्छन् ।

मह
महलाई पानीमा मिसाएर कुल्ला गर्दा पनि खटिरा हराउँछन् ।

अलैंची चूर्ण
अलैंचीको धूलोलाई महमा चोपेर खटिरामा लगाउने अनि (र्याल चुहाउने हो भने पनि खटिरा बिलाउँछन् ।

अम्बाका पात
अम्बाका पातलाई उमालेर कुल्ला गर्दा गला र जिभ्रो सफा हुन्छ अनि खटिरा पनि हराउँछ ।

एजेन्सी

प्रकाशित मितिः २०७७ भदौ ३१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय