भारतमा रेल दुर्घटनामा ५० घाइते
एजेन्सी, १३ पुस । भारत उत्तर प्रदेशको कानपुरमा रेल दुर्घटना भएको छ । रेलको १५ वटा डिब्बा लिकबाट उछुट्टिएको हो । कानपुरको रुरा स्टेशन नजिक अजमेर–सियालदह एक्सप्रेस रेल दुर्घटना भएको हो । कानपुरबाट ५० किलोमिटर पर मंगलबार बिहान ५ बजेर ३५ मिनेटमा रेल दुर्घटना भएको रेल मन्त्रालयलले जनाएको छ ।
दुर्घटनामा ५० जनाभन्दा धेरै घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलमा उद्धारको काम भइरहेको छ । घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ ।यसअघि गएको नोभेम्बर २० मा कानुपरबाट ६० किलोमिटर पर भएको रेल दुर्घटनामा एक सय ४२ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
