अर्बौं ठगीका अारोपी सुधीर बस्नेत पक्राउ

भक्तपुर न्यूज

१३ पुष २०७३ ८:५४

अर्बौं ठगीका अारोपी सुधीर बस्नेत पक्राउ

काठमाडौं, १३ पुस । घरजग्गा व्यवसायी सुधिर बस्नेत पक्राउ परेका छन् । घरजग्गा व्यवसायमा सर्वसाधारणको करोडौं रकम ठगेर बेपत्ता भएका बस्नेतलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरजग्गा र हाउजिङको कारोबार गर्न १४ बैंकबाट १ अर्ब ६० करोड रुपियाँ ऋण लिएका बस्नेत उक्त रकम नतिरी वर्षौदेखि फरार थिए । बस्नेतले ओरियन्टल र प्यासिफिक जस्ता सहकारी संस्थामार्फत पनि हजारौंलाई ठगेका छन् ।
प्रहरीको खोजी सूचीमा रहेका बस्नेत लामो समयदेखि भारतमा लुकेर बसेका थिए । घर आएको सूचना थाहा पाएपछि गएको प्रहरीको टोलीले बस्नेतलाई धापासीस्थित उनकै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको महानगरी प्रहरी अपराध महाशाखाका प्रमुख सर्बेन्द्र खनालले जानकारी दिए ।
अदालतबाट दुई वर्षको कैद र ४५ लाख रुपैयाँ जरिमानाको सजाय सुनाईएका बस्नेतलाई प्रहरीले आजै अदालतमा बुझाउने छ । महानगरीय प्रहरी परिसर टेकुका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीका अनुसार २०७३ असार ३० गते काठमाडौं जिल्ला अदालतले बस्नेत विरुद्ध फैसला ठगी मुद्दा चार चाख ९४ हजार जरिवाना र ६ महिना कैद सँजाय सुनाएको थियो । त्यसैगरि अदालतले यसअघि २०७२ चैत १८ गते पाँच करोड ९१ लाख ९७ हजार नौ सय ४५ जरिवाना र दुई वर्ष कैद सँजाय सुनाएको थियो । ठगी मुद्दामै भक्तपुर जिल्ला अदालतले वस्नेत विरुद्ध २०७२ मंसिर ७ गते ८४ हजार ६ सय ४८ जरिवाना र दुई वर्ष कैद फैसला सुनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *