ईपीएलमा चेल्सीको बिजयी सुरुवात

भक्तपुर न्यूज

३० भदौ २०७७ २:३६

ईपीएलमा चेल्सीको बिजयी सुरुवात

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति सम्पन्न खेलमा चेल्सीले जित निकाल्दै सुखद सुरुवात गरेको छ। ब्राइटोनको घरेलु मैदान फाल्मर रंगशालामा सम्पन्न खेलमा चेल्सीले घरेलु टिमलाई ३–१ गोल अन्तरले हराएको हो।

जितका लागि जर्गिन्हो, रिस जेम्स र कुर्ट जोउमाले गोल गरे। खेलको २३ औं मिनेटमा किपर म्याट रियनले डेब्यूटान टिमो वेर्नर माथी फल गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो।

पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै जर्गिन्होले गोल गरे। उनको गोलसँगै पहिलो हाफमा चेल्सी एक गोलले अघि रह्यो।

दोस्रो हाफमा चेल्सीले २ गोल थप्यो। तर ५४ औं मिनेटमा ल्याम्टलेको पासमा लियन्द्रो ट्रोसार्डले गोल गर्दै खेललाई बरबारीमा ल्याए। यो बराबरी भने धेरै टिक्न सकेन। त्यसको दुई मिनेट लगत्तै जर्गिन्होको पासमा जेम्सले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए।

एक गोलको अग्रतामा रहेको चेल्सीका लागि जेम्सले दिएको पासलाई जोउमाले गोलमा परिणत गरेसँगै चेल्सी ६६ औं मिनेटमै ३–१ ले अघि थियो। सोही गोलअन्तरका साथ पाहुना टिमले खेल जितको हो।

जितसँगै चेल्सीले अंकतालिकामा तीन अंक जोडेर ईपीएलमा सुखद सुरुवात गरेको छ। सोमबार राति सम्पन्न खेलमा जारी समर विन्डमो चेल्सी भित्रिएका दुई जर्मन खेलाडीले डेब्यू गरेका थिए।

प्रशिक्षक फ्रांक लाम्पार्डल लिगमा उच्च मनोकांक्षा राख्दै लाइप्जिकका टिमो वेर्नर र वायर लेवरकुसनका कइ हावर्टजलाई क्लबमा अनुबन्ध गरेका थिए। यसका साथै चेल्सीले यो फुटबल ट्रान्सफर विन्डोमा २०० मिलियन पाउन्ड खर्च गरेको थियो।

प्रकाशित मितिः २०७७ भदौ ३० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय