चिया नपिउने भन्दा पिउने बढी बाँच्ने
काठमाडौं । चिया पिउनेहरुको लामो आयू हुने एक अध्ययनले देखाएको छ । यूरोपियन जर्नल अफ प्रिभेन्टिङ कार्डियोलोजीमा छापिएको रिर्पोटमा हप्तामा कम्तिमा तीन पटक पिउनेहरुमा राम्रो स्वास्थ्य हुने र आयू पनि लामो हुने देखिएको छ ।
चिया पिउनेहरुमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना कम देखिएको छ । चिया नपिउनेहरु भन्दा चिया पिउनेहरु १ वर्षदेखि २६ महिनासम्म लामो समय बाँचेको अध्ययनले देखाएको छ ।
७ वर्ष लामो अनुसन्धानको क्रममा चिया पिउने र नपिउने समूह बनाएर गरिएको अनुसन्धानले यस्तो देखाएको हो । अनुसन्धानमा संलग्न डा। डङ फिङले दैनिक चिया पिउनेहरुमा झनै राम्रो प्रभाव देखिएको बताए ।
चियामा हुने बायो एक्टिभकम्पाउण्ड पोलिफिनल्स धेरै समय नटिक्ने भएको कारण बारम्बार पिउनेहरुमा यस्तो देखिएको प्रभाव देखिएको हो ।
यसैले चिया पिउनु हुन्न भने पिउन सुरु गर्ने विचार आएन त अब !