कतै तपाईंका छोराछोरी डिप्रेसनमा त छैनन् ? हेर्नुहोस् यस्ता छन् लक्षणहरू
काठमाडौं । डिप्रेसनको शिकार युवा या वयस्क मात्र हुँदैनन्, यसले बच्चाबच्चीलाई पनि असर गर्न सक्छ ।
विशेष गरेर बच्चाहरू रिसाउने, झर्किने त सामान्य हो तर यदि बच्चाबच्चीहरू लामो समयसम्म चुप रहे भने केही न केही भइरहेको छ भनेर बुझ्नुपर्छ ।
विज्ञहरू बच्चामा डिप्रेसन हुने कारणहरू धेरै हुनसक्ने दाबी गरेका छन् । खराब स्वास्थ्य, जिन्दगीको समस्याहरू, पारिवारिक समस्या, आसपाको माहोल, आनुवंशिक या बायोकेमिकल डिस्टर्बेन्स लगायत धेरै कारणले बच्चामा डिप्रेसन हुन सक्छ ।
डिप्रेसन भएका बच्चाहरू सामाजिक दूरी बनाएर बस्न मन पराउछन् ।
बच्चाबच्चीमा हुने डिप्रेसनका लक्षणहरू
१. स्वभावमा गडबडी, धेरै रिस उठ्नु तथा दुखी भएर बस्नु
२. नीदमा अचानक बदलाव आउनु
३. कुनै पनि काम मन नलगाईकन गर्न चाहनु
४. थकावट
५. एकाग्रतामा कमी र सामान्य गल्तीका लागि पनि आफूलाई दोषी देखाउने स्वाभाव
६. धेरै समय पेट र टाउको दुखेको गुनासो गरिरहनु
७. सामाजिक गतिविधिबाट दूरी बनाएर बस्नु
८. पटक पटक आत्महत्याको बारेमा कुरा गर्न खोज्नु
प्रकाशित मितिः २०७७ भदौ २६ शुक्रबार