भिन्डी खानुका फाइदाहरू

भक्तपुर न्यूज

२६ भदौ २०७७ ७:२४

भिन्डी खानुका फाइदाहरू

काठमाडौं । भिन्डी, चिप्ले भिन्डी तथा रामतोरियाको नामले चिनिने तरकारी चिप्लो भएका कारण धेरैलाई मन पर्दैन ।

तर, भिन्डीको सेवन शरीरका लागि धेरै फाइदाजनक मानिन्छ । भिन्डीमा पाइने भिटामिन ‘सी’, म्याग्नेसियम, क्याल्सियम, आइरन तथा अक्सिडेन्ट्सलगायतका पोषक तत्वहरूले शरीरमा रोगप्रतिरोधी क्षमता बढाएर शरीरमा रोग लाग्नबाट जोगाउँछ । भिन्डीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । जसको सेवनले पाचन प्रक्रियालाई सक्रिय बनाएर खाना पचाउन मद्दत गर्छ ।

भिन्डीको नियमित सेवनले कब्जियतलगायतका पेटसम्बन्धी समस्याहरू हुन दिँदैन । क्यालोरीको मात्रा निकै कम हुने भिन्डीको सेवनले तौल घटाएर मोटोपनाको समस्यालाई समेत कम गर्छ । भिन्डीमा पाइने नसोल्युबल फाइबर पेक्टिन नामक तत्वले शरीरमा भएको खराबखालका कोलेस्टेरोलको मात्रालाई कम गर्छ । मधुमेह रोगीहरूका लागि पनि भिन्डीको सेवन फाइदाजनक मानिन्छ ।

भिन्डीमा पाइने आइरन, भिटामिन ‘के’ र फोलेटले रक्तअल्पता हुन दिँदैन । साथै, यसले रगत जम्नबाट रोक्छ । नियमित भिन्डीको सेवनले हड्डीलाई बलियो बनाउन, आँखा धमिलो देख्ने समस्या तथा छालामा हुने समस्याको समाधानमा सहयोग पु¥याउँछ । भिन्डीले क्यान्सरको जोखिम घट्ने हुदा यसको नियमित सेवनले आन्द्रा, कोलोन तथा रेक्टल क्यान्सर लाग्ने सम्भावना निकै कम भएर जान्छ ।

गर्भावस्थामा भएका महिलाहरूलाई पनि भिन्डीको सेवन लाभदायक हुन्छ । भिन्डीको नियमित सेवनले पेटमा भएको भु्रणको दिमागको विकास राम्रोसँग हुनुका साथै गर्भ तुहिने जोखिम पनि घटेर जान्छ । भिन्डीको फल मात्र नभएर यसको फूल तथा पातसमेत श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न र निमोनियाको उपचारका लागि प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मितिः २०७७ भदौ २६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *