काठमाडौं । केलियन एमबाप्पे कोरोना भाइरसबाट संक्रमित भएका छन् । फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट–जर्मेन पिएसजीका खेलाडी एमबाप्पेमा संक्रमण पुष्टि भएको हो ।
उनमा संक्रमण देखिएपछि युरोपियन नेशन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ । गएको हप्ता पिएसजीका ६ खेलाडीमा संक्रमण देखिएको थियो । एमबाप्पेमा पनि संक्रमण देखिएपछि लिग वानको सिजन पनि अन्यौलमा आएको छ।
२१ वर्षका एमबाप्पेले नेशन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सलाई जिताउने क्रममा एक गोल गरेका थिए । एमबाप्पेलाई सोमबारदेखि टिमका खेलाडीबाट पर राखिएको थियो र त्यसपछि घर पढाइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ २३ मंगलबार
Comments