कपाल र नङहरूलाई बलियो बनाउने खानेकुराहरू

भक्तपुर न्यूज

२१ भदौ २०७७ ८:२५

कपाल र नङहरूलाई बलियो बनाउने खानेकुराहरू

काठमाडौँ ।  धेरै भाइरल संक्रमणहरू हुने खतराका साथमा मनसुनको मौसममा अत्यधिक कपाल झर्नु र नङहरू सजिलै भाँचिने समस्याहरू पनि निम्त्याउन सक्छ ।

कोरोना भाइरसको महामारीका कारण मानिसहरू सलुन तथा पालरहरूमा जान नपाएको हुँदा कपालको ट्रिटमेन्ट तथा म्यानिक्योर र पेडिक्योर लिन पाएका छैनन् । तर, घरमा पाइने सामान्य खानेकुराले मात्रले पनि कपाल र नङहरूलाई बलियो बनाएर टुट्नबाट रोक्न मद्दत गर्छ ।

यी ६ खानेकुरा हुन् जसले कपाल र नङलाई बलियो बनाउन मद्दत गर्छन् ।

अण्डाः अण्डा बायोटिन र प्रोटिनको समृद्ध स्रोत हो । यी दुई पोषक तत्वहरूले कपाल र नङको वृद्धिलाई बढावा दिन्छ । कपालका रेसाहरू अधिकतर प्रोटिनले बनेको हुँदा प्रोटिनको अभावले कपाल झर्ने समस्या निम्त्याउन सक्छ । बायोटिन केराटिन भनिने कपाल प्रोटिन उत्पादनको लागि महत्त्वपूर्ण हुन्छ । साथै अण्डा जिंक, सेलेनियम र अन्य कपाल-स्वस्थ पोषक तत्वहरूको एक राम्रो स्रोत हो ।

नट्सः प्रत्येक दिन एक मुट्ठी मिक्स्ड नटको सेवन गर्नुपर्छ । काजू, हाडे बदाम, ओखर र बदामसहितका नट्सहरूमा ओमेगा फ्याट्टी एसिड, भिटामिन, एन्टिआक्सिडन्ट र खनिज प्रशस्त हुन्छन् । नियमित रूपमा यसको सेवनले कपाल र नङको वृद्धि गर्न मद्दत गर्छ ।

टमाटरः टमाटर भिटामिन सीसहित सबै महत्त्वपूर्ण क्यारोटिनोइड्सको एक राम्रो स्रोत हो । यी सबैले घामबाट छालालाई बचाउन मद्दत गर्दछ । टमाटरले कपालको फोलिकल्सलाई बलियो बनाएर कपाल झार्नवाट रोक्छ ।

ओट्सः ओट्सले पेट भर्नुको साथै ऊर्जा पनि प्रदान गर्दछ । एक कचौरा ओट्स तामा, जिंक र बी भिटामिनहरूले भरिएको हुन्छ । यी सबै पौष्टिक तत्वहरूले कपाल र नङहरू स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छन् । जिंकले एक्ने हताएर छालाको स्वास्थ्यलाई कायम राख्न पनि मद्दत गर्छ ।

गेडागुडिः गेडागुडीहरू प्रोटिन, जिंक र बायोटिनमा धनी छन् । यी सबै पौष्टिक तत्त्वहरूले कपाल र नङहरू मोटा बनाएर टुट्ने सम्भावना कम गराउँछ । फाइबर, जिंक, एन्टिआक्सीडन्ट र प्रोटिनको प्रशस्त मात्रामा पाइने गेडागुडीले कोलेजेन उत्पादनलाई पनि बढावा दिन्छ जासले गर्दा छालालाई स्वस्थ राखी चमक प्रदान गर्छ ।

पालुङ्गोको सागः पालुङ्गोमा पाइने भिटामिन ए र सीले कपालको विकासलाई बढावा दिन्छ । भिटामिन एले छालाका ग्रन्थिहरूलाई सेबम उत्पादन गर्नका मद्दत गर्दछ । पालुङ्गोमा हुने फलाम कपालको वृद्धिको लागि आवश्यक हुन्छ । फलामले रातो रक्त कोषहरूलाई शरीरभरि अक्सिजन प्रवाह गर्न, मेटाबोलिज्मलाई राम्रो बनाई कपाल र नङको विकास र मर्मत गर्ने काम गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *