गलत समयमा फलफूलहरू खाँदा गम्भीर हानी
काठमाडौं । फलफूल स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ तर, फलफूल खान पनि सही समय चाहिन्छ ।
हामीले दैनिक फलफूल खाने समयअनुसार शरीर र स्वास्थ्यलाई फाइदा पुर्याउँछन् वा नोक्सान गर्छ भन्ने पत्ता लगाउन सकिन्छ ।
फलका बारे यी ५ तथ्यहरू जान्नुहोस् :
खाना खानुभन्दा पहिले वा केही पछि फलफूल खान हुँदैन ।
खाना खानु आधा घण्टाअघि फलफूलहरू खानुहोस् वा खाना खाएको कम्तिमा एक घन्टापछि मात्र फलफूलको सेवन गर्नुपर्छ, अन्यथा यसले पाचन प्रक्रियामा असर गर्नुका साथै एसिडिटीको समस्या पनि निम्त्याउन सक्छ ।
बिहान फलफूल सेवन गर्नु स्वास्थ्य र शरीरका लागि सबैभन्दा फाइदाजनक हुन्छ, तर, त्यहाँ केही फलहरू छन् जसलाई सधैं बिहान खाली पेटमा खानु हुँदैन ।
साइट्रिक अर्थात् सिट्रस फलहरूलाई खाली पेटमा खाँदा एसिडिटी बढ्ने सम्भावना हुँदा बिहान खालि पेटमा यस्ता फलफूलको सेवनबाट जोगिनु पर्छ ।
स्वाद वा स्वास्थ्यको लागि भन्दै दही वा दूधको साथ फलहरू खानु हुँदैन । यसले स्वास्थ्य सम्बन्धी थप समस्याहरू निम्त्याउन सक्छ ।
केही फलहरू किडनीको ढुंगाका बिरामीहरूका लागि हानिकारक हुन सक्छ, त्यसैले पहिले पूर्ण जानकारी लिएपछि मात्र फलफूल खानुपर्छ ।
स्वाद अनुसार फलहरू छान्नुहोस् ।
यदि स्वाद चिसो छ भने, केरा, सुन्तला, अनानास जस्तो अधिक फल खानु हुँदैन ।
तातो छ भने, आँप र मेवा जस्ता फलहरूको सेवन कम गर्नुपर्छ ।