शरीरमा पानीको मात्रा कम भएर दुख्छ टाउको
काठमाडौं । शरीर र दिमाग दुबैलाई ठीक तरिकाले काम गर्नका लागि फ्ल्युड र इलेक्ट्रोलाइट्सको सही सन्तुलन चाहिन्छ ।
शरीरमा पर्याप्त तरल पदार्थहरू नभएमा, पर्याप्त पानी नपिएमा, धेरै तरल पदार्थहरू निष्कासन भएमा डिहाइड्रेसन हुन सक्छ । दिमागले धेरै तरल पदार्थ गुमाउँदा, यो संकुचित हुन थाल्छ । मस्तिष्कको भोल्युममा आएको कमीले टाउको दुख्ने गर्छ । डिहाइड्रेसनले माइग्रेनको टाउको दुखाइलाई पनि ट्रिगर गर्न वा लम्बाउन सक्छ ।
डिहाइड्रेसनका कारण टाउको दुखाइ अनुभव गरेका व्यक्तिहरूका अनुसार यो समान्य दुखाइ जस्तो लाग्छ । यो दुखाइ टाउको सार्दा, हिँड्दा, वा तल निहुरिँदा झन् खराब हुन सक्छ । टाउको दुखाइका साथै सुख्खा मुख, अत्यधिक तिर्खा, कम तथा बारम्बार पिसाब हुने, गाढा पिसाब, भ्रम, रिँगटा लाग्ने, थकान डिहाइड्रेसनका अन्य लक्षणहरू हुन् ।
धेरै रुँदा शरीर डिहाइड्रेट गर्ने धेरै सम्भावना हुँदैन, जबसम्म पर्याप्त तरल पदार्थको सेवन गरिन्छ । डिहाइड्रेसन प्रायः धेरै पसिना, पिसाब धेरै हुँदा, पखाला वा बान्ता, ज्वरोको परिणाम हो । प्रायःजसो एक गिलास वा दुई गिलास पानी वा इलेक्ट्रोलाइट ड्रिंकको सेवन गरेपछि टाउको दुखाइको पीडा भने केही कम हुन्छ ।
क्याफिन समावेश भएका अन्य ड्रग्स तथा ड्रिंकले शरीरको तरल पदार्थको नोक्सान बढाउन सक्ने हुँदा यस्तो कुराबाट टाढा रहनु नै उचित हुन्छ । यदि दुखाइ धेरै भएको खण्डमा दुखाइ कम गर्ने औषधिको पनि सेवन गर्न सकिन्छ ।
प्रकाशित मितिः २०७७ भदौ १६ मंगलबार