आइएसले दुई टर्कीस सेनालाई जिउँदै जलाएको भिडियो सार्वजनिक गर्यो
एजेन्सी, ८ पुस । इस्लामिक अतिवादी समूह आईएसले टर्कीका सेनालाई जिउँदै जलाएको भनिएको भिडियो अनलाइनमार्फत सार्वजनिक गरेको छ।
सिरियामा भएको कारवाहीका क्रममा गत नोभेम्बरमा पक्राउ परेका ती दुई टर्किस सेनालाई जिउँदै जलाएको आईएसको दाबी छ। मुस्लिमहरुलाई टर्कीले मारेको बदलामा टर्किस सेनाको हत्या गरिएको आईएसले जनाएको छ। तर भिडियोको स्वतन्त्र पुष्टि नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
टर्कीले पनि यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। यसै हप्ताको शुरुमा सिरियाको उत्तरी अल बाब शहरमा १६ टर्किस सेना आईएसको आक्रमणमा मारिएका थिए। टर्कीले सिरियामा गत अगष्टदेखि आईएसविरुद्ध हवाई र स्थलगत आक्रमण गरिरहेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
