एलेप्पो सिरियाली सेनाको नियन्त्रणमा
एजेन्सी, ८ पुस । एलेप्पो शहर पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको सिरियाली सेनाले बताएको छ । बिद्रोहीको कब्जामा रहेको एलेप्पोबाट बिद्रोहीलाई हटाउन आफूहरु सफल भएको सिरियाली सेनाले जनाएको छ । एलेप्पोबाट बाहिर निस्कन चाहने सबै नागरिक तथा घाइतेलाई त्यहाँबाट सुरक्षित स्थानमा लगिएको अन्तर्राष्ट्रिय रेड क्रस कमिटि आइसिआरसीले पुष्टि गरेको छ ।
सन् २०११ मा आफू विरुद्ध आन्दोलन सुरु भएयता एलेप्पोमा नियन्त्रण कायम गर्नु राष्ट्रपति बसर अल असदका लागि ठूलो सफलता हो । एलेप्पोको पूर्वी क्षेत्रमा रहेका कम्तिमा ३४ हजार नागरिक तथा बिद्रोही लडाकुलाई गएको हप्ता बाहिर निकालिएको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् । हिमपात, तीब्र गतिमा चलेको हावा तथा सवारी साधनको खराबीका कारण एलेप्पोबाट नागरिकलाई बाहिर निकाल्न कठिनाइ भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३