काठमाडौँ । स्पेनिस क्लब रियल भायाडोलिडले गोलकिपर रोबर्टो जिमिनेजलाई अनुबन्ध गरेको छ । भायाडोलिडले स्पेनिस गोलकिपर रोबर्टोलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
३४ वर्षीय गोलकिपरले ला लिगा क्लब भायाडोलिडसँग ३ वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै गोलकिपर रोबर्टो २०२३ को जुन ३० सम्म भायाडोलिडमा रहने छन् ।
रोबर्टोले सिजनको अन्त्यसँगै इंग्लिस क्लब वेस्ट ह्याम छाडेका थिए । रोबर्टोले गत सिजन स्पेनिस क्लब अलाभेसबाट लोनमा खेलेका थिए । स्पानियोलबाट २०१९ मा वेस्ट ह्याम आएका उनले क्लबका लागि कुल १० खेल मात्र खेलेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १३ शनिबार
Comments