वीरगञ्जका १५० जना डाक्टरद्वारा सामूहिक राजीनामा दिए
काठमाडौं। वीरगञ्जका निजी अस्पतालमा कार्यरत १५० जना डाक्टरले सामूहिक राजीनामा दिएका छन्। पाँच बुँदे माग राखेर ७ दिने अल्टिमेटम दिएका डाक्टरहरूले माग पूरा नभएको भन्दै आज सामूहिक राजीनामा दिएका हुन्।
एक सातासम्म पनि आफूहरूले अघि सारेका मागबारे सुनुवाई गर्ने पलह नभएपछि राजीनामा दिन बाध्य भएको मेडिकल अफिसर एसोसिएसन अफ वीरगञ्ज सर्घष समितिका महासचिव डा। रामएकवाल राय यावदले जानकारी दिए। अब भोलिबाट काममा नजाने पनि उनले बताए।
उनीहरू कार्यरत अस्पताल प्रशासन, नेपाल चिकित्स संघ, जिल्ला प्रशासन कार्यालयमा उनीहरूले माग पेश गरेका थिए।
एमबीबीएस डाक्टरहरूले न्यूनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बीमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टिनमा अस्पतालले नै सुविधा दिनुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० उपलब्ध गराउनुपर्ने, कार्यअवधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निःशुल्क उपचार पाउनुपर्ने लगायतका माग राखेका थिए।
विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीको समयमा अग्रपंक्तिमा रहेर कार्यरत डाक्टरहरुको मागप्रति सरोकारवाला उदासिन बन्दा सामुहिक राजीनामा दिन बाध्य भएको महासचिव यादवले बताए।
प्रकाशित मितिः २०७७ भदौ ८ सोमबार