अमेरिकामा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति

भक्तपुर न्यूज

८ भदौ २०७७ २:२६

अमेरिकामा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति

काठमाडौं । अमेरिकामा पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिइएको छ ।

ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)लाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्न अनुमति दिइएको जानकारी दिएका छन् ।

विश्वका विभिन्न देशले गम्भीर अवस्थाका संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि अपनाइरहेका बेला अमेरिकामा पनि त्यसको अनुमति दिइएको हो ।

कोरोना भाइरसलाई फेरि एक पटक चिनियाँ भाइरस भन्दै उनले अनुसन्धानबाट प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार गर्दा ३५ प्रतिशतसम्म मृत्युदर कम गर्न सकिने पाइएको बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना संक्रमणबाट ठिक भएकाहरुलाई प्लाज्मा डोनेट (दान) गर्न पनि अपिल गरेका छन् ।

प्रकाशित मितिः २०७७ भदौ ८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय