वनकालीमा चक्कु हानेर युवकको हत्या
काठमाडौं, ७ पुस । पशुपति वनकाली क्षेत्रमा चक्कु हानेर युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । हिजो साँझ युवाहरुको समूहले झगडाका क्रममा सोनाम तामाङ र विजय गुरुङमाथि चक्कु प्रहार भएको थियो । घटनामा घाइते भएका १९ वर्षीय सोनामको उपचारका क्रममा केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा १८ वर्षका विजय गुरुङ घाइते भएका छन् । उनको केएमसी अस्पतालमै उपचार भइरहेको बताइएको छ ।
प्रहरीका अनुसार सोनाम र विजयको समूहले कुटेका युवाहरुले बदला भावले उनीहरुमाथि चक्कु हानेका थिए । घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
