मेक्सीकोको पटकाखानामा विस्फोट हुँदा २६ को मृत्यु
एजेन्सी, ६ पुस । मेक्सिकोको लोकप्रिय तथा व्यस्त पटाका बजारमा विस्फोट हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । राजधानी मेक्सिको सिटीको बाहिरी क्षेत्रमा रहेको सान पाब्लिटो पटाका बजारमा विस्फोट हुँदा अन्य दर्जनौ मानिसहरु घाईते समेत भएका छन् । खुला आकाशमुनि रहेको बजारमा सुरुको पसलबाट विस्फोट तथा आगलागी सुरु भएको र त्यसले सम्पूर्ण बजार घेरेको तस्बिरमा देखिएको छ । प्रहरी तथा उद्धारकर्मीले उद्धार तथा राहतको काम गरिहेका छन् ।
यो बजारमा यसअघि सन् २००५ र २००६ मा पनि आगलागी भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
