काठमाडौं । बर्षाले प्रभावित ईङ्ल्याण्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट ‘ड्र’ भएको छ । धेरै बर्षा भएसंगै पाँचौ तथा अन्तिम दिन सोमबार टेष्ट ‘ड्र’ भएको हो । बर्षाका कारण अन्तिम दिन चार ओभर भन्दा बढी खेल हुन सकेन ।
पहिलो पालीमा १ विकेट गुमाएर ७ रनले अघि रहेको इङ्ल्याण्डले चार विकेट गुमाएर १ सय १० रन बनाएको थियो । दुवै टिमले बराबरीमा सहमती जनाएका हुन् ।
साउथह्याम्टनमा इङ्ल्याण्डकातर्फबाट ज्याक क्राउलीले ५३ रन बनाएका थिए । यस्तै, डाम सिबलीले ३२ रनको योगदान गरे । पुरै खेल १ सय ३४ दशमलव ३ ओभरमात्र हुन सक्यो ।
बर्षाका कारण तेस्रो दिन खेल हुन सकेको थिएन । चौथो दिन समेत अधिकांश समय खेल हुन सकेको थिएन । पहिलो दुई दिन खराब प्रकाशका कारण खेल प्रभावित बनेको थियो ।
पाकिस्तान पटक पटकको अवरोधकाबीच २ सय ३६ रनमा आउट भएको थियो । इङ्ल्याण्ड तीन म्याचको सिरिजमा १–० ले अघि रहेको छ ।तेस्रो तथा अन्तिम टेष्ट शुक्रबार हुनेछ । घरेलु टोली इङ्ल्याण्डलाई १० बर्षमा पहिलो पटक पाकिस्तानलाई हराउने मौका रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ ०२ मंगलबार
Comments