बाफ लिँदा कोरोना भाइरस मर्दैन

भक्तपुर न्यूज

१ भदौ २०७७ ५:०९

बाफ लिँदा कोरोना भाइरस मर्दैन

काठमाडौं । अधिकांश मानिसहरूले स्टीम थेरापी ९बाफ लिदा० कोरोना भाइरस मार्छ भन्ने दाबी गर्दै सामाजिक सञ्जालहरूलमा शेयर गर्दै आइरहेका छन् ।

यी दाबीहरूमा मानिसहरूलाई पानी उमाल्न ९कहिलेकाँही अन्य सामग्रीहरूसहित०, र कोरोना भाइरसलाई मार्न वा हटाउनको लागि बाफ लिन सल्लाह दिइन्छ । केही पोष्टहरूमा १५ मिनेट वा लामो समयसम्म बाफ लिन सल्लाह दिइएको पाइन्छ । तर, बाफ लिँदा कोरोना भाइरसलाई मर्छ वा लाग्दैन भन्ने गरिएको दाबीहरू गलत हुन् ।

संयुक्त राज्य अमेरिका रोग नियन्त्रण र रोकथाम केन्द्र ९सीडीसी० तथा विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले हालसम्म कोरोना भाइरसको उपचारका लागि स्टीम लिनुपर्ने सुझाव दिएका छैनन् । सीडीसीका एक प्रतिनिधिले स्टीम थेरेपीले कोरोना भाइरस मार्न मद्दत गर्न सक्ने विषयमा हालसम्म आफूलाई कुनै पनि वैज्ञानिक अध्ययनको बारेमा थाहा नभएको बताएका छन् ।

स्टीम थेरापीले रुघाखोकी तथा फ्लू भएको बेलामा केही राहत दिएर सहयोग पु¥याउने भए पनि समग्रमा वैज्ञानिक अध्ययनमा यसको उपयोगिताको प्रमाण नभएको बताइएको छ । स्टीम थेरापी अभ्यासले कोरोना भाइरसलाई मार्नुभन्दा पनि थप जोखिम पु¥याउन सक्ने हुन सक्छ ।

स्पेनिस पेडियाट्रिक्स एसोसिएसनले प्रकाशित गरेको अध्ययनमा स्टीम इनहेलेसन थेरापीको प्रयोगले अनुहार पोल्ने सम्भावना निम्त्याउँछ । तातो भाँडामा राखिएको तातोपानीमा टाउको राखेर कपडाले छोप्ने सामान्य तरिकाले पानी भाप वा भाँडाको सम्पर्कका कारण नै अनुहार पोल्ने खतरा रहन्छ ।

प्रकाशित मितिः २०७७ भदौ १ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *