काठमाडौँ । रोमानियाकी सिमोना हालेपले प्राग ओपन टेनिसको उपाधि जितेकी छिन् । चेक रिपब्लिकको प्रागमा भएको फाइनलमा हालेपले एलिस मेर्टेन्सलाई पराजित गरिन् ।
विश्व नम्बर दुई हालेपले बेल्जियमकी मेर्टेन्सलाई ६-२ र ७-५ ले हराईन् । कोरोना भाईरसको कारण लकडाउन खुलेपछि हालेपले पहिलो उपाधि जितेकी हुन् ।
२८ वर्षीया हालेप प्राग ओपन जित्ने दोस्रो शीर्ष वरीयता प्राप्त खेलाडी हुन् । यस अघि कारोलिना प्लिस्कोभाले २०१५ मा प्राग ओपन जितेकी थिइन् । हालेपको यो वर्षको दोस्रो उपाधि हो । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १ सोमबार
Comments