काठमाडौं। युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले स्पेनिस क्लब सेभियालाई जरिवाना गरेको छ । युरोपा लिग अन्तर्गत उल्भ्सविरुद्धको क्वाटरफाइनलमा ढिला खेल सुरु गरेको कारण युईएफएले सेभियालाई जरिवाना गरेको हो ।
पाँच पटकको च्याम्पियन सेभियालाई १० हजार युरो जरिवाना गरेको हो । उक्त खेलमा सेभियाले १-० को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको थियो । सेभियाले अन्तिम चारमा अब म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ३० शुक्रबार
Comments