काठमाडौं । फर्मुला वान टिम रेसिङ पोइन्टका चालक सर्जियो पेरेजलाई कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका भएका छन् ।
कोरोना पोजेटिभ देखिएको करिब दुई सातापछि पेरेज कोरोनाबाट मुक्त भएका हुन् । मेक्सिकन चालक पेरेजलाई मेक्सिको गएपछि कोरोना देखिएको थियो । त्यसपछि उनी सेल्फ आईसोलेसनमा रहेका थिए ।
कोरोना देखिएपछि पेरेजले ब्रिटिस ग्राण्ड प्रिक्ससहित दुई प्रतियोगिता गुमाएका थिए । अब पेरेजले स्पेनिस ग्राण्ड प्रिक्स खेल्ने छन् । ३० वर्षीय पेरेज कोरोना देखिने पहिलो फर्मुला वान चालक हुन् । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ३० शुक्रबार
Comments