विश्वकै पहिलो कोरोनाविरुद्धको खोप ’स्पुतिनिक भी’को तस्बिर सार्वजनिक

भक्तपुर न्यूज

२८ साउन २०७७ १०:०७

विश्वकै पहिलो कोरोनाविरुद्धको खोप ’स्पुतिनिक भी’को तस्बिर सार्वजनिक

काठमाडौं । रुसले बुधबार (आज) कोरोनाभाइरसविरुद्धको खोप रजिस्ट्रर गराउने भएको छ । मंगलबार रुसका रास्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो देशले खोप तयार गरेको दाबी गरेका थिए । खोपलाई स्वीकृति दिँदै कोरोनाविरुद्धको खोप विकास गर्ने पहिलो देश रुस बनेको उनले बताएका छन्।

यसैबीच रुसले कोरोनाविरुद्ध खोप ’स्पुतिनिक भी’को पहिलोपटक तस्बिर सार्वजनिक गरेको  छ। भ्याक्सिनको पहिलो डोज राष्ट्रपति भ्लादिमीर पुटिनकी छोरीलाई दिइएको थियो। उनलाई उक्त खोपको दुईवटा डोज दिइएको थियो। राष्ट्रपति पुटिनका दुई छोरीहरु छन्, तर उनको कुन छोरीलाई खोप दिइएको विवरण भने खुलाइएको छैन।

त्यसैगरी पुटिनकाअनुसार खोप दिएपछि छोरीको शरीरको तापक्रममा परिवर्तन आएको छ अर्थात शरीरमा एन्टिबडी बढेको छ । पहिलो डोजमै उनको शरीरको तापक्रम एक सय दशमलव ४ डिग्री फरेनहाइट रहेको थियो भने खोपको दोस्रो डोजपछि तापमान एक डिग्रीले घटेर ९८ दशमलव ६ मा आएको राष्ट्रपति पुटिनले बताए।एजेन्सी

sfd.JPG

प्रकाशित मितिः २०७७ साउन २८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *