सुनको मूल्यमा भारी गिरावत, तोलामा ६२ सय रुपैयाँ घट्यो

भक्तपुर न्यूज

२८ साउन २०७७ ६:१०

सुनको मूल्यमा भारी गिरावत, तोलामा ६२ सय रुपैयाँ घट्यो

काठमाडौं । लगातार बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मुल्यमा भारी गिरावट आएको छ । आज बुधबार एकै दिन तोलामा ६ हजार २०० रूपैयाँले गिरावट आएको हो ।

नेपाली बजारमा मंगलबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ९५ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनएको छ ।

यस्तै बुधाबर तेजावी सुन तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मुल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महाँसघको भनाई छ ।

प्रकाशित मितिः २०७७ साउन २८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय