यस्ता रोग भएकाहरुले राति भुलेर पनि नखानुहोस् दही !

भक्तपुर न्यूज

२२ साउन २०७७ ६:४७

यस्ता रोग भएकाहरुले राति भुलेर पनि नखानुहोस् दही !

काठमाडौं । दही हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक चिज हो । भिटामिन र प्रोटिन भरपुर हुने दहीको सेवनले धेरै रोगहरुबाट बच्न सकिन्छ । यसमा भिटामिन–ए, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, प्रोटिन पाइन्छ । यसमा पाइने प्रशस्त भिटामिन सी पनि पाइन्छ ।  तर कहिलेकाही दहीको सेवन हाम्रो स्वास्थको लागि फाइदाजनक हुँदैन ।

यसको नियमित सेवनले इम्यून सिस्टमलाई दह्रो बनाउछ । तर केही यस्ता रोगहरु छन् जसका लागि दही उपयुक्त मानिदैन । दहीको सेवन विभिन्न अवस्थामा हानिकारक हुन सक्छ । मानिसहरुले गर्मीमा र रातको समयमा दही खाने गर्छन् । तर रातको समयमा दही सेवन गर्नु फाइदाजनक मानिदैन । रातको समयमा दही सेवन गद शरीरमा विपरित गतिविधिहरु गराउँछ ।

रातको समयमा दही सेवन गरेमा बान्ता हुने सम्भावना हुन्छ । त्यस्तै रातमा नियमित दही सेवन गर्दा  अनुहारमा डन्डिफोर आउँने सम्भावना हुन्छ । त्यस्तै तौल बढ्ने र कब्जियत हुने हुन्छ ।

रातिमा दही सेवन गर्दा जोर्नी दुख्ने समस्या, कफ, रुघा र खोकी हुने सम्भावना हुन्छ । त्यस्तै रातमा दही सेवनले शरीरमा म्युकसको माधामा वृद्धि  हुने हुनाले खोकी र चिसो लाग्न सक्छ । त्यस्तै छालामा एलर्जी छ भने पनि दही खाँन हुदैन । यसले झन समस्या ल्याउछ ।

रातमा दही खाएर सुतेमा कोसो बढ्ने हुन्छ । दही तताएर पनि खान हुँदैन । तपाईलाई दमको रोग र पिनास छ भने पनि दही खान हुँदैन ।यस्तो अवस्थामा दही खाँएमा श्वासप्रश्वासको समस्या हुन्छ । मासुसँग पनि दही खाँन हुँदैन ।

प्रकाशित मितिः २०७७ साउन २२ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *