एसइईको नतिजा बिहीबारसम्ममा प्रकाशित हुने सम्भावना
काठमाडौं । आज सार्वजनिक बिदा परेकाले एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा प्रकाशित नहुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा प्रकाशनको तयारी गरेको थियो। राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माले आज यसबारे जानकारी दिएका हुन्। उनले भने,‘भोलि बोर्ड बैठक बस्दै छौँ। त्यसपछि कहिले प्रकाशित हुने छ निर्णय हुन्छ।’
उनका अनुसार बुधबार बोर्ड बैठक बस्ने कार्यतालिका छ। उक्त बैठकको निर्णयले भोलि बेलुका वा बिहीबारसम्म नतिजा प्रकाशित हुने सम्भावना बढी छ। बोर्डका अनुसार यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ।
प्रकाशित मितिः २०७७ साउन २० मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ जेठ २०८२ १३:२१
इजरायलमाथि एक साथ, एकै पटक एक लाख मिसाइलले आक्रमण गर्ने इरानको चेतावनी
१२ जेठ २०८२ १३:२०
सुनको मूल्य प्रति तोला चौध सय रुपैयाँ वृद्धि
१२ जेठ २०८२ १४:३१
साँगा खण्डमा सुक्खा पहिलो खस्दा एकजना मजदुर घाइते
१२ जेठ २०८२ १३:१७
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
१४ जेठ २०८२ ११:४९