क्वाँटीको खानुका फाइदा यस्ता छन्
क्वाँटीमा मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी बकुल्लो लगायतका ९ प्रकारका गेडागुडीको मिश्रण हुन्छ ।
क्वाँटीको खानुका फाइदा यस्ता छन् जानी राखौं ।
– क्वाँटीमा भिटामिन ए, बी र सिको मात्रा प्रचुर मात्रामा हुन्छ,
– क्वाँटी खादा कब्जियत, पाइल्स, फिस्टुला, फिसल लगायतको रोगबाट छुट्करा पाइन्छ,
– क्वाँटी नियमित खाएमा घाउहरु चाँडै निको हुन्छ,
– तौल नियन्त्रण गर्छ,
– हर्मोन उत्पादनमा सहयोग पुर्याउँछ,
– हड्डी कमजोर हुने समस्याबाट राहात मिल्छ,
– महिनावारी हुनुभन्दा अगाडी सेवन गर्दा पेटदुख्ने समस्याबाट राहत मिल्छ,
– मधुमेह, बाथ, मुटु तथा रक्तनली सम्बन्धी रोगहरु लाग्नबाट बचाउँछ,
– रोग प्रतिरोधात्मक शक्ति बढाउछ,
– रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ,
– क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ,
– मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ,
– रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ,
– टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ,
– पाचनशक्तिमा सुधार ल्याउँछ,
– गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।
प्रकाशित मितिः २०७७ साउन १८ आइतबार