नयाँ २० रुपैयाँका नोट आयो बजारमा
काठमाडौं, १ पुस । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनका २० का नयाँ नोट चलनचल्तीमा ल्याएको छ । हाल चल्तीमा रहेका भन्दा केही विशेषता हेरफेर गर्दै ति नोटहरु चलनचल्तीमा ल्याइएको हो । पहिलेको नोटमा बाह्रसिंगेको तस्वीर भनिए पनि प्रष्ट रुपमा बाह्र सिङ देखिँदैनथ्यो । अहिलेका नयाँ नोटमा भने प्रष्ट रुपमा बाह्र सिङ देखिन्छ ।
त्यस्तै पहिलेको नोटमा एउटा जनावर रहेकोमा अहिलेका नोटमा २ वटा जनावरका तस्वीर छन् । गभर्नर डा. चिरञ्जीवि नेपालको हस्ताक्षरमा आएका यी नोटको संकेत नम्वर ज/ १६०००००१ देखि ञ/९९९९९९ सम्म रहेको छ ।
नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप, तल्लो भागका बोर्डरमा नोटको सिरियल नम्वर र नेपालीमा वि.सं. २०७२ लेखिएको छ । त्यसको ठीक पछाडिपट्टि २०१६ एडी लेखिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२