भारतले जतिबेला पनि नेपाली नेताको हत्या गर्न सक्ने : बिजुक्छें

भक्तपुर न्यूज

१ पुष २०७३ ८:४४

भारतले जतिबेला पनि नेपाली नेताको हत्या गर्न सक्ने : बिजुक्छें

भक्तपुर, १ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले छिट्टै भारतको इशारामा सरकारको समीकरण बद्लिने बताएका
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले भारतको इशारामा केपी ओलीको नेतृत्वमा सरकारको प्रस्ताव आउने र ओलीले अस्वीकार गरे शेर बहादुर देउवाको नेतृत्वमा सरकारको समीकरण देखिने बताएका हुन् ।
नेपालका नेताहरुलाई जति बेला चाह्यो त्यति बेला भारतले  हत्या गर्न सक्ने भन्दै उनले बिगतमा नेपालमा गरिएका हत्याले यसलाइ पुष्टि गरेको र आफ्नो पायकमा काम नगर्ने नेताहरुको उसले जति बेला पनि हत्या गर्न सक्ने टिप्पणी गरे ।
सरकार स्थानिय तहको निर्वाचन नगर्ने योजनामा रहेको भन्दै बिजुक्छेंले सरकारकै कारण स्थानिय तहको निर्वाचन नहुने दाबीका साथ स्थानिय तहको निर्वाचन गर्ने बहाना गरि संसदको निर्वाचन गर्ने तयारीमा जुटेको बताए ।
उनले दिल्ली घोषणा पत्रलाई आधार मान्दा अव दुइवटा नागरिकता भएकाहरुले नेपालका पार्टीहरुलाई ठूलो मात्रामा चन्दा दिने सुबिधा जसरी प्रदान गरिँदै छ यसले अव नेपालमा एन आर एन र अंगिकृत नागरिकता भएकाले सरकार चलाउने दाबी गरे ।
नेपालका लागि भारतीय राजदुत रञ्जित रेलाई भारतले नैतिकताको आधारमा भए पनि फिर्ता बोलाउनु पर्ने तर्फ ध्यान नजानु कुटनीति मर्यादाको बिपरित काम गरेको र हेपाहा प्रबृति भएको उनले बताए ।
देशका हरेक गतिबिधिका बारे पूर्व जानकारी लिनु पर्ने गुप्तचर बिभाग असफल भएको र उनीहरुको गतिबिधिकै कारण नेपालमा भारतले जति बेला चाह्यो त्यति बेला हरेक काम गर्न सफल रहेको भन्दै नेपालको गुप्तचर बिभाग सक्षम रहे भारतले नेपालमा गर्ने गतिबिधिको प्रतिउत्तर दिने सक्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *