काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका पूर्व खेलाडी जाभी हर्नान्डेजलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । कतारी क्लब अल सदाको प्रमुख प्रशिक्षक समेत रहेका ४० वर्षीय जाभीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनले आफुलाई कोरोना पुष्टि भएको बारे सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी गराएका हुन् । अब उनले दुई साता आइसोलेसनमा बिताउनु पर्ने बताइएको छ । यस्तै उनले अब क्यूएसएलको अल खोरविरुद्धको पहिलो खेलमा टच लाइन गुमाउने बताइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ११ आइतबार
Comments