धनुषा बम विस्फोटमा मारिएका तीन प्रहरी परिवारलाई राहतस्वरूप १० लाख दिइने

भक्तपुर न्यूज

६ साउन २०७७ १५:३५

धनुषा बम विस्फोटमा मारिएका तीन प्रहरी परिवारलाई राहतस्वरूप १० लाख दिइने

काठमाडौं। सरकारले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बम विस्फोटमा परी मृत्यु भएका प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित तीनजनाका परिवारलाई राहत र क्षतिपूर्ति स्वरुप १०-१० लाख दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले २७ मंसीर २०७६ मा भएको बम विस्फोटको घटनामा मारिएका प्रहरी निरीक्षक दाहाल, राजेश शाह र आनन्द शाहका परिवारलाई राहत दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता अर्थ एवं सूचना तथा प्रविधिमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्दै राहत दिने निर्णय भएको जानकारी दिएका हुन्।

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले आश्रित परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको हो। २७ मंसीर २०७६ मा भएको बम विस्फोटमा तीनजनाको मृत्यु भएको थियो। शाहका परिवारका चारजना घाइते भएका थिए।

प्रकाशित मितिः २०७७ साउन ०६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय