विश्व सम्मेलनमा सभामुख घर्तीले सम्बोधन गर्ने

भक्तपुर न्यूज

२८ मंसिर २०७३ ७:०५

विश्व सम्मेलनमा सभामुख घर्तीले सम्बोधन गर्ने

काठमाडौ २८ मंसिर ।  सभामुख ओनसरी घर्तीले आज युएईको आबुधाबीमा जारी महिला सभामुखहरुको विश्व शिखर सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गर्दै छिन् । ईमीरेट्स प्यालेस आबुधाबीमा जारी सम्मेलनमा नेपालसहित विभिन्न देशका ३५ जना महिला सभामुखको सहभागीता रहेको उक्त सभालाई त्रुधबार सम्बोधन गर्ने भएकि हुन् ।

सम्मेलनको पहिलो दिन हिजो आयोजक युएई संघीय राष्ट्रिय आयोगकी प्रमुख शेखा फतिमा, युएईका उपप्रधान तथा आन्तरिक मामिला मन्त्री शेख सैफ बिन जायद, युरोपेली आयोगका उपाध्यक्ष फेडीरिका मोघेरिनी, रूसी संसदका सभामुख भ्यालिनटिना मतभिएन्को लगायतले सम्बोधन गरेका थिए ।
सम्मेलनमा नेपालका तर्फबाट सभामुख घर्तीसहित सांसद सीता गुरुङ, टीका भद्र गुरुङ, कमला दोङ र व्यवस्थापिका संसद सचिवालयका महासविच मनोहरप्रसाद भट्टराई, युएईका लागि कार्यबाहक राजदूत नेत्रबहादुर टन्डन लगायतको टोली सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *