काठमाडौं। बायर लिभरकुसनका मिडफिल्डर काई हाभर्टज च्याम्पियन्स लिग खेल्न नपाएपनि युरोपका ठुला क्लबमा जान ईच्छुक देखिएका छन् ।
२१ बर्षका जर्मनीका अन्तराष्ट्रिय मिडफिल्डर यस सिजनको अन्त्यसंगै बुन्डेसलिगा क्लब छाड्न चाहन्छन् । युरोपका ठुला क्लब चेल्सी र रियल मड्रिडले हाभर्टज अनुबन्धमा चासो देखाईरहेका छन् ।
चेल्सीले मंगलबार नर्विच सिटीमाथि १–०को जित निकाल्दै च्याम्पियन्स लिग छनोटको नजिक पुगेको छ । तर पछिल्लो समय चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्ट युनाईटेडले चेल्सीमाथि ठुलो दबाब सिर्जना गरेका थिए ।
शीर्ष चार क्लबमात्र च्याम्पियन्स लिगमा छनोट हुनेछन् । सोमबार मात्र सिटीमाथि युरोपेली फुटबलको प्रतिबन्ध फुकुवा भएसंगै शीर्ष चारको दौड थप रोमाञ्चक बनेको छ ।
पछिल्लो महिना चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले हाभर्टजलाई शीर्ष खेलाडीको रुपमा ब्याख्या गर्दै तर कुनै छलफल अघि नबढेको बताएका थिए ।
हाजर्टजले फरवार्ड लाईनबाट समेत खेल्न सक्छन् । उनको क्लबसंगको सम्झौता सकिन दुई बर्ष बाँकी छ । उसले यस सिजनमात्र लिभरकुसनका लागि ४३ खेलमा १७ गोल गरेका छन् ।
कोरोनाले बुन्डेसलिगाको सिजन पुन सुरु भएपछि उनले ९ खेलमा ७ गोल गरेका छन् ।
उनको टिमले पाँचौ स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । क्लब च्याम्पियन्स लिगमा छनोट हुन असफल रह्यो । जर्मन कपको फाईनलमा उनको टिमले बायर्न म्युनिखलाई हराएको थियो ।
युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा लिभरकुसनले रेञ्जरबिरुद्ध ३–१ को अग्रता कायम गरेको थियो ।
लिभरकुसनले हाभर्टजले अगष्ट ६ मा हुने खेल खेल्ने अपेक्षा गरेको छ । उनले जर्मनीबाट ७ खेलमा प्रतिनिधित्व गर्दै मात्र एक गोल गरेका छन् ।
लण्डन क्लब चेल्सीले यसअघिनै आरबी लाईपेजिग र जर्मन फरवार्ड टिमो वार्नरलाई ४७ मिलियन पाउण्डमा अनुबन्धन गरिसकेको छ । यस्तै, अजाक्सका पूर्व विङ्गर हाकिम जियाचलाई समेत ३३ मिलियन पाउण्डमा पक्का गरिसकेको छ । उनी लण्डन क्लब आएर प्रशिक्षण समेत सुरु गरिसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ असार ३१ बुधबार
Comments