हिँडने गर्दा क्यान्सर वा हृदय रोगबाट हुने मृत्युको जोखिमलाई दुई तिहाई घटाउन सक्ने

भक्तपुर न्यूज

३१ असार २०७७ ३:००

हिँडने गर्दा क्यान्सर वा हृदय रोगबाट हुने मृत्युको जोखिमलाई दुई तिहाई घटाउन सक्ने

काठमाडौं । विश्वका धेरै व्यक्तिहरूमा मधुमेह वा उच्च रक्तचापको समस्या हुन्छ । यी रोगहरूमध्ये एउटा हुने सम्भावना कम गर्ने एक सजिलो तरिका रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । हिँड्नु नै सरल उपाय हो । शारीरिक फिटनेसको लागि मानिसले दिनमा १०,००० कदम हिँड्नु पर्ने सिफारिस गरिएको छ ।

तर, एक अनुसन्धानका अनुसार दिनमा ४ हजार देखि ८ हजार कदमहरूसम्म हिँडने गर्दा उनीहरू क्यान्सर वा हृदय रोगबाट हुने मृत्युको जोखिमलाई दुई तिहाई घटाउन सक्ने छन् । जो व्यक्ति १२ सय कदमभन्दा बढी हिंड्छन् उनीहरूलाई ९० प्रतिशत जोखिम कम हुने अनुसन्धानकर्ताहरू थपछन् ।

अर्को अध्ययनमा अनुसन्धानकर्ताहरूले मध्यम आयु वर्गका सहभागीहरू जसले ९ वर्षसम्मको दैनिक धेरै कदम हिँडिरहेका छन् उनीहरूमा मधुमेहको खतरा ४८ प्रतिशत र उच्च रक्तचापको ३१ प्रतिशत कम जोखिम रहेको पाइएको थियो ।

अनुसन्धानमा समग्र निष्कर्षमा अन्वेषकहरूले ९ वर्षको अवधिमा दैनिक १ हजार कदम हिँड्दा मध्यम आयु वर्गका महिलाहरूमा मोटापाको खतरा १३ प्रतिशतले कम गरेको थियो ।

उक्त अनुसन्धान मार्चको सुरुमा अमेरिकन हार्ट एसोसिएसनको एपिडेमिओलोजी र प्रिभेन्सन तथा लाइफस्टाइल र कार्डियोमेटाबोलिक स्वास्थ्य वैज्ञानिक सत्र २०२० मा फिनिक्स, एरिजोनामा प्रस्तुत गरिएको थियो ।

प्रकाशित मितिः २०७७ असार ३१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *