एसइईको आन्तरिक मूल्यांकनका लागि ५७ % विद्यार्थीको डाटा आयो
काठमाडौं । एसइई परीक्षाको आन्तरिक मूल्यांकनको लागि देशभरका निजी तथा सामुदायिक विद्यालयहरूबाट दुई लाख ७५ हजार विद्यार्थीको डाटा आएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुर (कक्षा १०) का परीक्षा नियन्त्रक राम राजन खकुरेलले यसबारे जानकारी दिएका हुन्।
खकुरेलका अनुसार यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनका लागि डाटा आउनुपर्ने छ। ‘एसइईको आन्तरिक मूल्यांकनका लागि चार लाख ८३ हजार विद्यार्थी मध्ये अहिले सम्म करिब दुई लाख ७५ हजार विद्यार्थीहरुको डाटा हामीसँग आएको छ । स्कुलहरूले मूल्यांकन गरेर पठाउने काम धमाधम गर्दै छन् ।’ सफ्टवेयरबाट आउने भएकाले अहिलेसम्म कति विद्यालयले मूल्यांकनको विवरण पठाएको छ भनी यकिन तथ्यांक नभएको उनले जानकारी दिए।
प्रकाशित मितिः २०७७ असार २९ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ जेठ २०८२ ९:१२
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर
११ जेठ २०८२ ९:२०
गाजामा इजरायलको पछिल्लो बम आक्रमणमा ७६ जनाको मृत्यु
११ जेठ २०८२ ९:०३
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
११ जेठ २०८२ ९:२३
हैदराबादसँग पराजित भएपछि आरसीबीको ‘क्वालिफायर’ संभावना संकटमा
११ जेठ २०८२ ९:०८