ठूलो मात्रामा लागु औषधसहित एक पक्राउ
ललितपुर, २६ मंसिर । प्रहरीले ठूलो मात्रामा लागु औषध एम्पलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी आयुक्तको कार्यालय रानीपोखरी, प्रहरी वृत लैनचौर र ललितपुर प्रहरीको संयुक्त टोलीले एम्पलसहित ललितपुर महालक्ष्मीस्थान–११ का तिर्थकुमार रिजाललाई पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा उनलाई पक्राउ गरी घर खानतलासी गर्दा उनको घरबाट प्रहरीले डाइजापाम एम्पल सात सय ५४ वटा, नुफिन एम्पल सात सय ४१ वटा, फेनारगन एम्पल सात सय १६ वटा बरामद गरेको प्रहरीले जनाएको छ ।
रिजालले लागु औषध खाने तथा बिक्री वितरण गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीमाथि थप अनुसन्भान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
