बालबालिकाका लागि बिशेष कोभिड-१९ को खोप बनाउदैं रूस
काठमाडौं । अहिले रुस कोभिड–१९ को खोपको परीक्षणको अन्तिम चरणमा प्रवेश गरेको छ । रक्षा मन्त्रालयसँगको समन्वयमा मस्कोस्थित गामालेई इन्स्टिच्युट अफ एपिडेमियोलोजी यान्ड माइक्रोबायोलोजीले कोरोनाभाइरसको खोप बनाइरहेको छ । यसलाई अगस्ट महिनामा दर्ता गराइने अपेक्षा छ र लगत्तै व्यापक मात्रामा उत्पादन थालिने अपेक्षा छ ।
साथसाथै रूसले बालबालिकाका लागि मात्र कोभिड–१९ को विशेष खोप बनाइरहेको छ । उनीहरूलाई बेग्लै किसिमको सुरक्षा आवश्यक रहेको देशको स्वास्थ्य निगरानी संस्था रोसपोत्रेबनादजोरले बताएका छन् ।
रोसपोत्रेबनादजोरकी प्रमुख आन्ना पोपोभाले एउटा अन्तर्वार्तामा भनिन्, ‘बच्चाहरूका लागि विशेष खोपको आवश्यक पर्छ र त्यसका लागि विशेष सुरक्षा आवश्यकता पूरा गर्नुपर्ने हुन्छ ।अहिले यसको काम शुरू भइसकेको छ तर सन् २०२० भित्र चाहिँ खोप बनाउन कठिनाइ होला । यो खोप बालबालिकाका लागि निकट भविष्य वा यही वर्षमा आइसक्छ भन्नु हतार हुनेछ ।’
बालबालिकाले कोभिडविरुद्ध इम्युनिटी कति राम्रोसँग विकसित गर्न सक्छन् भन्ने विषय अझै थाहा हुन नसकेको बताइन् ।
प्रकाशित मितिः २०७७ असार २९ सोमबार