भारतका पूर्व क्रिकेटर चौहानलाई कोरोनाको संक्रमण

भक्तपुर न्यूज

२८ असार २०७७ ५:३७

भारतका पूर्व क्रिकेटर चौहानलाई कोरोनाको संक्रमण

काठमाडौं । भारतका पूर्व क्रिकेटर चेतन चौहानलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । भारतका पूर्व क्रिकेटर आकाश चोपडाले चौहानलाई कोरोना देखिएको पुस्टि गरेका छन् ।

कोरोना देखिएपछि चौहानलाई संजय गान्धी अस्पताल लखनउमा भर्ना गरिएको छ ।चौहानले भारतका लागि ४० टेष्ट र ७ एकदिवसीय खेलेका थिए ।

सन् १९६९ मा डेब्यु गरेका उनले १९८१ सम्म खेलेका थिए ।टेष्टमा २ हजार ८४ रन बनाएका उनले एकदिवसीयमा १ सय ५७ रन बनाएका थिए । ७२ वर्षीय चौहानले महाराष्ट्र र दिल्लीबाट उनले रणजी ट्रफी खेलेका थिए । एजेन्सी

प्रकाशित मितिः २०७७ असार २८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय