इवामुरा अस्पतालका बिरामीलाई नयाँ सुबिधा घरबाटै रिर्पोट लिन सकिने
भक्तपुर । कोभिड १९ कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै डा इवामुरा अस्पतालले बिरामीहरुका लागि नयाँ सेवा सुचारु गरेको छ ।
बिरामीहरुले रिर्पोट लिन अस्पाताल सम्म धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै घरबाटै आफ्नो ल्यावबा रिर्पोटहरु सहजै जानकारी लिन सक्ने गरि अनलाईन सेवा सञ्चालनमा ल्याएको हो । कोरोनाका कारण सामाजिक दुरी कायम गर्नु पर्ने र संक्रमणको सम्भावित जोखिमलाइ ध्यान दिएर अस्पतालले अनलाईन Viber , Whatsapp , Wechat ,Email जस्ता Apps प्रयोग गरि यो सेवाको सुबिधा लिन सकिने अस्पतालको ब्यवस्थापक जीवन मारिखुले जानकारी दिए ।
यो सेवा लिन चाहने बिरामीहरुले अस्पतालको Website www.iwamurahospital.com मा गएपछि Request Lab Report मा गएर आफ्नो सम्पूर्ण जानकारी राखेपछि त्यस्ताई अस्पतालले स्विकार गर्ने र निश्चितताका लागि तपाँईले कल आउने मारिखुले जानकारी दिए । उनले भने कारोना संक्रमणको जोखिमका साथै बिरामीको समय बचतर र तत्तकालै सेवा प्रदान गर्न यो सेवा लागू गरेको हौं । यो सेवा बिहान १० बजे देखि बेलुका ५ बजेसम्मका लागि हुने उनले बताए ।
अस्पतालले यो अघि नै घरमै बसेर डाक्टरको परामर्श सेवा सञ्चालनमा ल्याई सकेको र त्यसबाट नेपालका ७७ वटै जिल्लाबा यो सेवाको लाभ लिन सकिने मारिखुले जानकारी दिए ।