धारिलो हतियार प्रहार गरी एकको हत्या

भक्तपुर न्यूज

२१ असार २०७७ ६:३८

धारिलो हतियार प्रहार गरी एकको हत्या

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का करिब गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट हत्या भएको छ। शनिबार राति ५० वर्षीय कुँवरको छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए।

अहिले खड्का भने फरार छन्। फरार रहेका खड्काको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। ‘घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अबस्थामा शव फेला परेको छ,’ प्रहरी नायव उपरिक्षक थापाले भने, ‘घटनाबारे अनुसन्धानको कार्य भैरहेको छ।’ कुकुरसहितको प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको उनले बताए।

प्रकाशित मितिः २०७७ असार २१ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय