काठमाडौं। ज्लाटन ईब्राहिमोभिच चम्किएको खेलमा एसी मिलानले सिरि ए फुटबलमा लाजियोलाई हराएको छ । चोट मुक्त हुँदै मैदान फर्किएका ज्लाटनले गोल गरेको खेलमा मिलान क्लबले लाजियोलाई ३–० ले हराएको हो ।
एसी मिलानसंग पराजित भएसंगै दोस्रो स्थानको लाजियो उपाधि होडमा कमजोर बनेको छ । शीर्ष स्थानको युभेन्ट्सले लाजियोसंग स्पष्ट ७ अंंकको अग्रता बनाएको छ ।
हाकन काल्होग्लुको गोलमा पाहुना टोली एसी मिलानले सुरुवाती अग्रता बनाएको थियो । ज्याटनले ३४ औं मिनेटमा पेनाल्टीमा क्लबको अग्रता दोब्बर बनाए । आन्टी रिबिकले ५९ औं मिनेटमा गोल गर्दै मिलान क्लबको जित सुनिश्चित गरेका थिए ।
लिगमा ८ चरणको खेल बाँकी रहदाँ लाजियो तालिकाको दोस्रो स्थानमा छ । क्लब मौरिजियो सर्री नेतृत्वको युभेन्ट्स भन्दा ७ अंकले पछाडी छ ।
जितसगै मिलान क्लब युरोपा लिग छनोटको दौडमा अगाडी देखिएको छ । क्लब ४६ अंक सहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार २१ आइतबार
Comments