थापाद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौं, २३ मंसिर । बेल्जियमका लागि नवनियुक्त नेपाली राजदूत लोकबहादुर थापाले बेल्जियमका राजा फिलिप लेओपोल्द लुद्विग मरिआसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । हिजो रोयल प्यालेस ब्रसेल्समा भएको विशेष कार्यक्रममा नवनियुक्त नेपाली राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
राजदूत थापाले सन् १९८९ मा नेपालको परराष्ट्र शाखाबाट सेवा सुरु गरेका थिए । बेल्जियममा राजदूत नियुक्त हुनुअघि पासपोर्ट शाखामा महानिर्देशकको रूपमा कार्यरत थापाले यसअघि साउदी अरब, चीन र अस्ट्रेलियाको मिसनमा समेत अनुभव बटुलेका छन् ।
थापाले अस्ट्रेलियामा उपनियोग प्रमुखको रूपमा काम गरेर थिए । प्रायः राजनीतिक भागबन्डामा राजदूत पाएको बेल्जियमले परराष्ट्रमा करिब तीन दशक लामो अनुभव भएका थापाबाट बेल्जियमको नेपाली समुदायले ठूलो अपेक्षा राखेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
