काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्व सदस्य-सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ। सिंहको गयराति छाउनीस्थित निवासमा निधन भएको उनको परिवारले जनाएको छ।
सिंह लामो समयदेखि दम रोगबाट पीडित थिए। सिंह राखेपका सातौं सदस्य-सचिव थिए। उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्य–सचिवको जिम्मेवारीमा थिए।
स्व सिंहको आजै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको राखेपले जनाएको छ। स्व सिंहका श्रीमति, दुई छोरा र छोरी छन् ।
प्रकाशित मितिः २०७७ असार १३ शनिबार
Comments