ओलीको चीन भ्रमण स्थगित
काठमाडौं, २२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनमा हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा आफू भाग लिन जाने पूर्व निर्धारित कार्यक्रम स्थगित गरेका छन् । मुलुकमा विकसित राजनीतिक परिस्थितिका कारण उनले चीन जाने कार्यक्रम स्थगित गरेका हुन् । चीनको हेवाइ प्रान्तमा भोलिदेखि हुने बजारसम्बन्धी मञ्चमा अध्यक्ष ओली जाने कार्यक्रम रहेको थियो ।
व्यवस्थापिका–संसदमा संविधान संशोधन विधेयक दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमका कारण अब सो कार्यक्रममा पार्टीका महासचिव ईश्वर पोखरेलले भाग लिदै छन् । सम्मेलनमा नेपालका अन्य दलका प्रतिनिधि तथा अर्थविद्ले पनि भाग लिने कार्यक्रम छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४