प्राधिकरण सञ्चालकले स्पष्टीकरण बुझ्नै मानेनन्

भक्तपुर न्यूज

२१ मंसिर २०७३ ८:०३

प्राधिकरण सञ्चालकले स्पष्टीकरण बुझ्नै मानेनन्

काठमाडौं २१, मंसिर । लोडसेडिङ हटाउने अभियानलाई असहयोग गरेको अभयोग लागेका नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरुले सरकारले पठाएको स्पष्टीकरण पत्र बुझ्न अस्वीकार गरेका छन् । सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलेलाई उर्जा मन्त्रालयले अवैधानिक रुपमा बैठक बसेर प्राधिकरणको सुधार अभियानलाई प्रभावित पार्न खोजेको भन्दै स्पष्टीकरण पत्र काटेको थियो ।

तर, उनीहरुले अनेक तरिकाबाट स्पष्टीकरणपत्र नबुझेको र उनीहरुका परिवारले पनि त्यसमा असहयोग गरेको उर्जा मन्त्रालयले जनाएको छ । अैधानिक रुपमा काम गरेका उनीहरुलाई पदबाट किन नहटाउने भनेर स्पष्टीकररणमा सोधिएको छ । तर, उनीहरुले पत्र बुझ्नै अटेर गरेपछि उर्जा मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरेरै उनीहरुलाई प्रष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

७ दिनभित्र स्पष्टीकरण पेश नगरे मन्त्रालयले विद्युत प्राधिकरण ऐन-२०४१ अनुसार कारवाही गर्ने जनाएको छ । यदि स्पष्टीकरण चित्त बुझ्दो नभए पनि उनीहरुलाई पदबाट हटाउने तयारी उर्जा मन्त्रालयको छ । उनीहरुलाई मन्त्रालयले मंसिर १७ गते नै स्पष्टीकरणपत्र काटेको थियो । सञ्चालकहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूखुसी निर्णय गरेको भन्दै अख्तियार समेत गुहारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *