स्वस्थ रहनका लागि कुन ब्लड ग्रुपले कस्तो डाइट खाने ? जानी राख्नुस्

भक्तपुर न्यूज

८ असार २०७७ ६:४४

स्वस्थ रहनका लागि कुन ब्लड ग्रुपले कस्तो डाइट खाने ? जानी राख्नुस्

काठमाडौँ । जीवनको सबैभन्दा महत्वपुर्ण पक्ष भनेकै हाम्रो स्वास्थ हो । स्वस्थ मानिसको लागि नै हर कार्य सम्भव हुन्छ । स्वस्थ रहने विभिन्न उपायहरु मध्ये एक हो उपर्युक्त उपाय हो आफ्नो रगतको समुह (ब्लड ग्रुप) को आधारमा कुन खानेकुरा खानु गर्नु राम्रो हुन्छ भन्ने कुरा जान्न बुझ्न आवश्यक छ ।

के खाने, नखाने जान्न जरुरी छ ?

धेरैजसो मानिस बिरामी परेपछि डाक्टरलाई सोध्छन् के खाने र के नखाने । विशेषज्ञहरुको अनुसार स्वस्थ हुदा पनि के खाना खाने के खाना नखाने भन्ने कुराको राम्रो ज्ञान हुन आवश्यक छ । कुन कुरा खानै हुदैन भन्ने कुरा पनि जान्नु पर्दछ । यो कुरा तपाईको रक्तसमुहले निर्धारण गर्दछ । तपाईको रक्तसमुहको आधारमा भोजन गर्नु हुन्छ भने स्वस्थ रहने आधार बलियो हुदै जान्छ ।

एन्टिजन र्माकर खानालाई पचाउन मदत गर्दछ

वैज्ञानिकका अनुसार हरेक रक्त समुहको एक खास एन्टिजन मार्कर हुन्छ । यो मार्करले विशेषत खाद्यपदार्थलाई पचाउनमा सहयोग गर्दछ । खाने पिउने छुट्टा छुट्टै चिजको साथ एन्टिजन मार्कर पनि छुट्टा छुट्टै हुन्छ । त्यसैले आफ्नो रक्तसमुह अनुसार एटिंजनको पहिचान गर्न सकियो भने स्वास्थ्य र पाचन प्रणाली सम्बन्धि धेरै समस्या सामाधान हुन सक्छ ।

‘ए’ रक्तसमुहको पाचन प्रणाली कमजोर हुन्छ

तपाईको रक्तसमुह ‘ए’ पोजेटिभ वा ‘ए’ नेगेटिभ छ भने हरियो सागसब्जी, उमारिएको गेडागुडी , अन्न फलफुल, ड्राइ फुड्स धेरै खान आवश्यक हुन्छ ।मांसाहारी भोजनको तुलनामा शाकाहारी भोजन बढी सेवन गर्नु उपयुक्त हुन्छ । बर्गर र चाइनिज नुडल्स पनि खान सक्नुहुन्छ । दुधबाट बनेको पदार्थ र मासु खानाले यो रक्तसमुहका मानिसको तौल छिट्टै बढ्ने हुँदा असर गर्न सक्छ । यो समुहको पाचन प्रणाली तुलनात्मक रुपमा कमजोर हुन्छ । यस्तो अवस्थामा पेट सम्बन्धि विभिन्न समस्याहरूको सम्भावना बनिरहन्छ ।

खानामा फलफूल र सागसब्जीको प्रयोग अधिक मात्रामा गर्नुस् । राजमाको सेवन भरसक नगर्दा लाभ हुन्छ । मांसाहारी खाना खाने ईच्छा भएमा रातो मासुको स्थानमा माछा खानु उपयुक्त हुन्छ ।

‘बि’ रक्तसमुह हुनेलाई हरेक भोजन सुट गर्छ

जसको रक्तसमुह ‘बि’ छ उसले छुट्टाछुट्टै किसिमका खाना खान सक्दछ । यसमा माछामासु लगायत विभिन्न सब्जीहरु पर्दछन् । ‘बि’ रक्तसमुह हुने मानिसले हरेक किसिमको खाना खान सक्दछन । तर बन्द प्याकेटमा भएका तथा मकै, तिल,मसुरो, अरहर, तिल,कोदो र चना जस्ता खानाको प्रयोग एकदमै न्यून गर्नुपर्दछ ।

 सन्तुलित मात्रामा दूध र यसबाट बनेको पदार्थ तथा माछा, मासुको सेवन गर्न सक्नुहुन्छ । अत्यधिक गहुँ र टमाटरको सेवन यस ब्लड ग्रुपका लागि निकै फाइदाजनक हुन्छ ।

-वजन नियन्त्रण गर्नका लागि मकै, मम्फली, चिकन, गहुँको सेवन गर्नुहुँदैन भने अण्डा, मासु, हरियो सागसब्जी र ग्रीन टी ले वजन बढाउनमा निकै फाइदाजनक हुन्छ ।

‘एबि’ रक्त समुह हुनेहरु क्याफिन र रक्सिबाट टाढा रहनु पर्दछ

 ‘एबी‘ ब्लड ग्रुप भएका मानिसहरुमा ए र बी दुवै ब्लड ग्रुपको लक्षण पाईन्छ । यो रक्त समुहका मानिसले धेरै भन्दा धेरै प्रोटिनको सेवन गर्न आवश्यक हुन्छ । अधिक शाकाहारी भोजन सेवन गर्नुपर्दछ, जसमा फलफूल र सागसब्जी समावेश गर्नुपर्दछ तर रातो मासु र पोलको मासुबाट टाढा रहन आवश्यक हुन्छ । टोफु, माछा, सागसब्जी कार्बोहाइडेट, दुग्धजन्य पदार्थको सेवन गरेर स्वस्थ रहन सकिन्छ । यसको साथै क्याफिन र रक्सीको सेवनबाट टाढा रहन राम्रो हुन्छ ।

 भुइँकटहर,सोयाबिनको पनीर, सी फूड, डेयरी उत्पादन जस्ता चीजहरू वजन कम गर्नका लागि उत्तम हुन्छ ।

‘ओ’ रक्त समुहलाई प्राय पेटको समस्या देखिन्छ

यस रक्त समुहका मानिसले हाईप्रोटिन डाइट लिन आवश्यक हुन्छ । यस रक्त समुहका मानिसलाई प्राय पेटको समस्या देखिरहन्छ । त्यसैले यो रक्तसमुहका मानिसले कम्तिमा पनि दुग्धजन्य पदार्थको सेवन गर्नु आवश्यक हुन्छ ।

 यस ब्लड ग्रुप भएका मानिसहरुलाई रातो मासु, सी फूड, पालक, ब्रोकोली जस्ता आहराले वजन कम गर्न मद्दत गर्छ । फलफूल, सागसब्जी तथा कार्बोहाइड्रेटको सेवन तपाईको लागि फाइदाजनक हुन्छ ।

प्रकाशित मितिः२०७७ असार ०८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *