कुन दिशातर्फ फर्केर भोजन गर्दा के हुन्छ ?
काठमाडौँ । तपाई भोजन बिनाको जीवन कल्पना गर्न सक्नुहुन्छ ? अवश्य नै यसको उत्तर सकिन्न भन्ने नै हुन्छ । किनभने एक स्वस्थ शरीरलाई बचाईराख्नको लागि हामीलाई भोजनको अति आवश्यक पर्दछ । तर हामी भोजन गर्दा कुन दिशामा बसेर गर्दछौँ भन्ने कुराले भने हामीलाई असर पार्दछ ।
हामी जता पायो त्यतै बसेर भोजन गर्दछौँ । त्यो बेला हामीलाई न त कुनै दिशाको मतलव हुन्छ न त अन्य केहिको । बस, भोक मेटाउन पाए नै हामी खुशी हुन्छौँ । तर हिन्दू धर्मशास्त्रमा भने कुन दिशामा बसेर भोजन गर्दा फाइदाजनक हुन्छ भन्ने कुराको जानकारी गराइएको छ ।
धर्मशास्त्रका अनुसार भोजन गर्नुपूर्व हात वा खुट्टा राम्रोसँग धुनुपर्दछ । साथै भोजन गर्दा पूर्व वा दक्षिण दिशा तर्फ अनुहार फर्काएर भोजन गर्नु उचित मानिएको छ ।
उक्त दिशातर्फ फर्किएर भोजन गर्नाले यश एवं आयु वृद्धि हुने मान्यता रहेको छ । त्यति मात्रै होइन, भोजन गर्दा शान्त बस्नु आवश्यक रहन्छ साथै खुशीसँग भोजन गर्न आवश्यक रहेको छ । भोजन गर्दा दुखी भयो भने हाम्रो दिमागमा चिन्ता बढ्दछ ।
प्रकाशित मितिः२०७७ असार ०८ सोमबार