काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि नजिक रहेको लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा लिभरपुल एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
एभर्टनको मैदान गुडिसन पार्कमा भएको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा अंक बाँड्न बाध्य बनेको हो । उपाधि जित्नका लागि लिभरपुललाई अझै ५ अंकको आवश्यकता रहेको छ । लिभरपुल ३० र्वापछि प्रिमियर लिग च्याम्पियन बन्ने संघारमा छ ।
एभर्टनसँगको बराबरीपछि लिभरपुलले ३० खेलमा ८३ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २३ अंकले अघि रहेको छ । सिटीको २९ खेलबाट ६० अंक छ । एभर्टन ३८ अंक जोडेर १२औं स्थानमा छ ।
प्रकाशित मितिः२०७७ असार ०८ सोमबार
Comments